आइतबार, वैशाख २७, २०८३

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।

National life

दाबी पेशका लागि आज साँझ ५ बजेसम्मको समय दिइएकोमा बहुमत प्रदेश सभा सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष थापाले दाबी पेस गरेका हुन्। माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्‍याएका हुन्।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्।

सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थापाले पुन:  दाबी पेश गरेका हुन्। सभामुखको समेत हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतको पूर्ण इजलासले पदमुक्त  गरिदिएको थियो।

प्रकाशित: Aug 01, 2023| 16:55 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्