बिहीबार, वैशाख २७, २०८१

उडान सुरक्षामा कडाइ गर्दै प्राधिकरण

प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुन समयमा हवाई उडान सुरक्षा सतर्कता अपनाउनेलगायत विविध उड्डयन सेवा सुधार र कार्य प्रणाली योजना सार्वजनिक गरेको हो।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– मुलुकको हवाई सुरक्षा चुस्त बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ। यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुन समयमा हवाई उडान सुरक्षा सतर्कता अपनाउनेलगायत विविध उड्डयन सेवा सुधार र कार्य प्रणाली योजना सार्वजनिक गरेको हो।

triton college

निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नवीना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय लिएको हो। 

नागरिक उड्डयन नियमावली, २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ।

हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेसन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

त्यस्तै, आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेसन आवरको’ समयभन्दा अघिपछि विशेषगरी जुलाई, अगस्त र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ। 

corrent noodles
Metro Mart

आन्तरिक विमानस्थलले ‘अपरेसन आवर’भित्र बसी अपरेसनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरे/नगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ। सार्वजनिक गरिएका निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइनेछ।–रासस

प्रकाशित: Aug 01, 2023| 16:27 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्