शुक्रबार, साउन १५, २०८३

आईसीसी महिला विश्वकपको एसिया छनोटमा छानिए २४ खेलाडी

क्यानले मलेसियामा आयोजना हुने प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि २४ खेलाडी छनोट गरेको छ। क्यानले मलेसियामा आयोजना हुने प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो।

विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ। एसिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। यसमा नेपाल समूह ‘ए’मा छ।

नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन्। यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्यान्ड छन्। आ–आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन्।

फाइनल पुग्ने दुई राष्ट्रले बंगलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन्। नेपाली टोलीका लागि छनोट हुनेमा टोली कप्तान रुविनासहित सीता रानामगर, इन्दु वर्मा, अप्सरी वेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन्। 

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, मनीषा चौधरी, ज्योति पाण्डे र रुवि पोद्धार पनि छनोटमा परेका छन्।

प्रकाशित: Aug 01, 2023| 16:04 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्