बिहीबार, वैशाख २७, २०८१

आईएफसी उपाध्यक्षसँग महासंघ अध्यक्ष ढकालको भेटवार्ता

निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्न आईएफसी तयार रहेको उपाध्यक्ष लनको धारणा। 
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष सुसन लनबीच महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ।

triton college

भेटमा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत्लगायत पूर्वाधार विकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए।

कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा आप्mनै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालको भनाइ थियो। निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र उच्च मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनले उपाध्यक्ष लनलाई जानकारी दिए। 

नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्न तयार रहेको बताइन्। पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो। 

महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्त्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धनलगायतका विषयको नेतृत्व गर्छिन्। 

corrent noodles
Metro Mart

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए। यस्तै, उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेकामा जोड दिए।

महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारबारे नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रकाशित: Aug 01, 2023| 15:43 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्