बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयमा विकास गरिने

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयमा विकास गरिने

ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिनेछन्।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं- नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ।

triton college

विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत् संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ। ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिनेछन्।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायतका संरचना निर्माण गरिनेछन्। जलविद्युत केन्द्रका संरचनालाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिनेछ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा छ। पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब १४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।  

प्राधिकरणको ३८औं वार्षिकोत्सव अवसरमा फर्पिङ जलविद्युत केन्द्र परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो। मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृह आदि संरचनाको अवस्थाबारे अवलोकन गरेका थिए।

corrent noodles
Metro Mart

मन्त्री बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भ–स्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनुपर्ने बताए। उनले केन्द्रबाट स्थानीयको सामाजिक, आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्ने बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गरे। 

फर्पिङ जलविद्युत् केन्द्र ९ जेठ १९६८ बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडीखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र २०३८ सम्म निरन्तर सञ्चालनमा थियो। तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत्गृह सञ्चालन बन्द भएको थियो। केन्द्रको  मर्मतसंभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।

 

प्रकाशित: Aug 01, 2023| 15:38 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्