शुक्रबार, जेठ २९, २०८३

सवारी दुर्घटनामा एकको मृत्यु, तीनजना मृत फेला

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

झापा, कनकाई नगरपालिका-४ त्रिवेणी चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले मे.३ प ७०७९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय शम्भु लिम्बुको मृत्यु भएको छ।

National life

ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
लमजुङ, मध्यनेपाल नगरपालिका-७ मैदानस्थित सडकको नालीमा सोही नगरपालिका-६ घर भई सोही नगरपालिका-७ सागेचौर ससुराली बस्दै आएका ३८ वर्षीय राम भक्त बसेल सोमबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, लमही नगरपालिका-९ अमिलिया बस्ने ६५ वर्षीय चन्द्र बहादुर चौधरी सोही ठाउँस्थित सिरिङगी खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-१ बासास्थित नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Shivam cement

करेन्ट लागेर मृत्यु
कीर्तिपुर नगरपालिका-१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दिल कुमारी महर्जनको  करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ। आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु
सप्तरी, छिन्नमस्ता गाउँपालिका-३ गोबिन्दपुर टोल बस्ने दिपेन्द्र यादवको छोरा २ वर्षीय दिब्यानसु यादवको आफ्नै घरमा रहेको जेनेरेटरको पानी खस्ने स्थानमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराज हुँदै चिल्ड्रेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 01, 2023| 15:19 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्