शुक्रबार, जेठ २९, २०८३

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने सर्लाही घर भएका ५३ वर्षीय ज्ञान बहादुर भन्ने हिम परियारको कुटपिटबाट मृत्यु भएको छ।

National life

सोही महानगरपालिका-९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कारण सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको छ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। सोही नगरपालिका- ४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 01, 2023| 15:18 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्