आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय सदस्यहरू जिल्ला दौडाहामा निस्किए

केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टीको सांगठनिक सुदृढीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्लामा खटाएको हो।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

National life

काठमाडौं– सत्तारुढ कांग्रेसले गत २–१० साउनसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउन थालेको छ। केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टीको सांगठानिक सुदृढीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्लामा खटाएको हो।

मंगलबार बेलुकीसम्म सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइसकिने कांग्रेस मुख्यालयले जनाएको छ। केन्द्रीय सदस्यहरु २०–३० साउनसम्म जिल्लामा खटिनेछन्। कांग्रेसले १० देखि २४ भदौसम्म संगठन सुदृढीकरणका लागि ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने तयारी थालेको छ।

प्रकाशित: Aug 01, 2023| 15:10 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्