आइतबार, साउन १८, २०८२

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गतेका लागि बोलाएका हुन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएकोमा बस्ने वातावरण नभएपछि सूचना टाँसेर स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले पहल गरेका थिए। तर, सहमति नजुटेपछि बैठक एक साता पछि धकेलिएको छ।

 

प्रकाशित: Aug 01, 2023| 15:01 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्