आइतबार, वैशाख २७, २०८३

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।

National life

सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गतेका लागि बोलाएका हुन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएकोमा बस्ने वातावरण नभएपछि सूचना टाँसेर स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले पहल गरेका थिए। तर, सहमति नजुटेपछि बैठक एक साता पछि धकेलिएको छ।

 

प्रकाशित: Aug 01, 2023| 15:01 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्