आइतबार, साउन १८, २०८२

गत आवमा करिब साढे १ खर्बको मात्रै वस्तु निर्यात

समीक्षा अवधिमा नेपालको कुल निकासीमा २१.४ प्रतिशतले ह्रास मन्त्रालयको तथ्यांक।
 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं– सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भन्दै आए पनि निर्यात लगातार घटेको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निकासीमा २१.४ प्रतिशतले ह्रास आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गत आवमा नेपालबाट १ खर्ब ५७ अर्बको मात्रै वस्तु निकासी भएको मन्त्रालयको तथ्यांक छ। 

आज प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कुल पैठारीमा १६.१ प्रतिशतले ह्रास आएको जानकारी दिए।

गत आवमा १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो। गत आवमा नेपालको कुल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ। सोही आवमा कुल १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.६ प्रतिशतले कमी हो।

‘गत आवको प्रारम्भिक तथ्यांकअनुसार कुल व्यापारमा ८.९ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ’, उनले भने, ‘समीक्षा अवधिमा नेपालको कुल निकासीमा २१.४ प्रतिशतले ह्रास आएको छ।’

आव २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए। उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए। उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय भएको उनको भनाइ छ।

प्रकाशित: Aug 01, 2023| 15:01 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्