मंगलबार, वैशाख २९, २०८३

बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको घट्यो

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं- भारतबाट पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढेर आएको छ। भारतीय आयल निगमले डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो।

National life

भारतले नेपाल आयल निगमलाई हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा  नयाँ मूल्यसूची पठाउँछ।

आयल निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात रुपैयाँ र मटीतेलमा साढे सात रुपैयाँ बढेर आएको छ। हवाई इन्धनको मूल्य पनि बढेको छ।

खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आएको छ। स्वचालित मूल्य प्रणालीअनुसार निगमले इन्धनको मूल्य समायोजन गर्दै आएको छ।

निगमले गत वर्षदेखि लागु गरेको स्वचालित बिक्री मूल्य प्रणाली अनुसार पेट्रोलियमको मूल्य बढ्ने भएको छ। गत वर्ष असार ३१ गते परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।

त्यहीअनुसार अहिले प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुने गरेको छ। यसले गर्दा प्रत्यक्ष रुपमा भारतबाट घटेर वा बढेर आउने तेलको नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य निर्भर हुन्छ।

यो पटक पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्म बढ्ने निगमले जनाएको छ। तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घट्ने भएको छ।

प्रकाशित: Aug 01, 2023| 14:59 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्