शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीमा कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

कोशीमा कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

अध्यक्ष लिङ्देनले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई राप्रपाको सहयोग नरहने र कांग्रेस–एमाले मिलेरै सत्ता संकट हटाउन सकिने बताएका हुन्।
 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं– सत्ता संकटका कारण निर्वाचन नजिक पुगेको कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय अपराह्न ५ बजे आउनै लागेका बेला मतका लागि तानातानमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेलाई मिलेर सत्ता चलाउन सुझाएका छन्।

आज मोरङ पुगेका अध्यक्ष लिङ्देनले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई राप्रपाको सहयोग नरहने र कांग्रेस–एमाले मिलेरै सत्ता संकट हटाउन सकिने बताएका हुन्।

प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिएर बहुमतको सरकार गठन प्रयास गर्नु राजनीतिक बेइमानी हुने उनले दाबी गरे। ‘अहिले राप्रपालाई सत्ता प्राथमिकताको विषय छैन। कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं। ठूलो बहुमतले भोलिका दिनमा बाधा–अड्चन आउन नदिने भएकाले पनि यस्तो सुझाव दिइएको हो’, उनले भने।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमाले ४०, कांग्रेस २९, नेकपा माओवादी केन्द्रक १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका एक सांसद छन्। प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिने भए पनि सत्तारुढ ४ दलसँग ४६ र राप्रपासहितको एमाले गठबन्धनसँग पनि ४६ सांसद छन्।

प्रकाशित: Aug 01, 2023| 14:38 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्