आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रस्तावित ६ राजदूतबारे पराष्ट्रमन्त्रीसँग सोधपुछ गर्दै संसदीय सुनुवाइ समिति

प्रस्तावित ६ राजदूतबारे पराष्ट्रमन्त्रीसँग सोधपुछ गर्दै संसदीय सुनुवाइ समिति

समितिले  विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधिमाथिका उजुरी अध्ययनपछि समावेशीका विषयमा आगामी बैठकमा मन्त्री साउदलाई बोलाएर जानकारी लिने निर्णय गरेको हो।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ राजदूत सिफारिस सम्बन्धमा उठेका समावेशीको मुद्दा विषयमा परराष्ट्रमन्त्री एनपी साउदसँग परामर्श गर्ने निर्णय गरेको छ। समितिले  विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधिमाथिका उजुरी अध्ययनपछि समावेशीका विषयमा आगामी बैठकमा मन्त्री साउदलाई बोलाएर जानकारी लिने निर्णय गरेको हो।

National life

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिव लोकबहादुर थापालाई न्युयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि, रामप्रसाद सुवेदी स्वीट्जरल्यान्ड, सुधीर भट्टराई फ्रान्स, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर ओलीलाई थाइल्यान्डका लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो।

परराष्ट्रमन्त्री साउदसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ। यसअघि समितिले उनीहरुको राजदूत नियुक्तिका सम्बन्धमा कुनै गुनासो वा उजुरी भए १० दिने सार्वजनिक सूचना जारी गरेकामा पाँच वटा उजुरी परेका थिए। उजुरीमध्ये एउटा संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तबारे प्रश्न उठाइएको थियो।

बैठकमा सदस्यले समावेशीसम्बन्धी प्रश्नबारे सम्बन्धित पक्षसँग जानकारी माग गर्नुपर्ने तथा उजुरीका नाममा प्रस्तावित राजदूतको मानमर्दन हुने बिनाआधार र प्रमाण दोषारोपण गर्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको सुझाव प्रस्तुत गरे। पेशेवर व्यक्तिबाट दिइने यस्ता न्यूनतम आधार र प्रमाण नपुगेको उजुरी हाल्नेलाई नबोलाउने विषय बैठकमा सदस्यबीच सहमति भएको छ।

ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जस्तो व्यक्ति सिफारिस गरे पनि सदर गर्ने हुलाक कार्यालयको स्ट्याम्पजस्तो समितिलाई बनाउन नहुने धारणा राखे। उनले भने, ‘राष्ट्रिय एकताका लागि समावेशिता आवश्यक छ। समावेशिताका विषयमा समितिको चासोबारे परराष्ट्र मन्त्रालयलाई पत्र पठाउनुपर्छ। दूतावास खाली नराखौं, यथाशीघ्र सुनुवाइ अघि बढाऔं।’

प्रकाशित: Aug 01, 2023| 14:21 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्