बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री निवास बालुवाटार गेटमा निर्माण–यन्त्र तेर्स्याएर व्यवसायीको विरोध

प्रधानमन्त्री निवास बालुवाटार गेटमा निर्माण–यन्त्र तेर्स्याएर व्यवसायीको विरोध

काम गरेको रकम एकैपटक दिनुपर्ने, ठेक्का लिएको काम म्याद गुज्रिए पनि थप्नुपर्नेलगायत ९ बुँदे माग सरकारसमक्ष राखेर निर्माण व्यवसायी बालुवाटार घेर्न गएका हुन्।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको आह्वानमा निर्माण व्यवसायीले डोजरलगायतका निर्माण–यन्त्रसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शन गरेका छन्।

triton college

काम गरेको रकम एकैपटक दिनुपर्ने, ठेक्का लिएको काम म्याद गुज्रिए पनि थप्नुपर्ने, उपभोक्ताले गर्ने काम आफैंलाई दिनुपर्नेलगायत ९ बुँदे माग सरकारसमक्ष राखेर निर्माण व्यवसायी बालुवाटार घेर्न गएका हुन्। व्यवसायीले राखेका केही माग भने अनुचित रहेको देखिन्छ। ठेक्का सम्झौताअनुसार काम नगर्ने अनि रकम अग्रिम माग्ने र ठेक्का म्याद गुज्रिए पनि पुनः थप्नुपर्ने आदि माग अनुचित हुन्।

विरोध प्रदर्शनमा महासंघ अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्नेलगायत ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने माग उनले गरे।

व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेजीलगायत नारा लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन्।

प्रकाशित: Aug 01, 2023| 12:12 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्