शुक्रबार, साउन २३, २०८२

कोशीमा मुख्यमन्त्री दाबी पेस गर्ने अन्तिम दिन, अन्योल यथावत्

प्रदेश प्रमुख खापुङले दिएको समय सकिनै लाग्दा राजनीतिक दलहरुबीच कोशीमा मुख्यमन्त्रीका लागि जोडघटाउ सुरु भएको छ। 
 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशत्रयले गत ११ साउनमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको ठहर गर्दै एक साताभित्र नयाँ सरकार गठन आदेश दिएको समय आज बेलुकी ५ बजे सकिँदै छ। 

मुख्यमन्त्री थापाको पद अवैध भएको सर्वोच्चको घोषणापछि कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न राजनीतिक दलहरुलाई १२ साउनमा आह्वान गरेका थिए।

प्रदेश प्रमुख खापुङले १६ साउन बेलुकी ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समय आज सकिनै लाग्दा राजनीतिक दलहरुबीच कोशीमा मुख्यमन्त्रीका लागि जोडघटाउ सुरु भएको छ। २१ असारमा मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाको नियुक्तिलाई सर्वोच्चले बदर गर्दै ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। 

थापाले मुख्यमन्त्री बन्दा प्रदेश सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरलाई प्रदेश प्रमुखले मान्यता दिएका थिए। सोही विषयलाई लिएर निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले रिटमाथि फैसला गर्दै सभामुख निष्पक्ष भूमिका रहेर दलीय राजनीतिमा लाग्न नहुने आदेश दिएसँगै अब मुख्यमन्त्रीमा दाबी गर्ने दलले बहुमतका सभामुखको हस्ताक्षर प्रयोग गर्न पाउने छैनन्। 

सोही आदेशलाई शिरोपर गरेर प्रदेश प्रमुख खापुङको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको थियो, ‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०/४/१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको हो।’

Metro Mart

सर्वोच्चले १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आदेश गरेको थियो। यसअनुसार गठबन्धन सरकार नबने संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की नै पुनः मुख्यमन्त्रीका रूपमा नियुक्त हुन सक्नेछन्।

सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, नेकपा माओवादी केन्द्रले भने गठबन्धनबाटै मुख्यमन्त्री नियुक्त गर्न सहमत भएका छन्। ९२ सदस्यीय कोसी प्रदेशसभामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा गरी ४६ सांसद छन् भने एमाले, राप्रसा गठबन्धनका पनि ४६ सांसद छन्।

माओवादी कोटाका प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकार गठनका लागि बहुमत ९४७० जुटाउने रणनीति बालुवाटारमा शनिबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्रको बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको बुझिएको छ। सोहीअनुसार कोशीका सभामुख गौतमले राजीनामा दिनै लागेको बताइन्छ।

मुख्यमन्त्रीमा गठबन्धनलाई बहुमत जुटाइदिन सभामुखले राजीनामा दिन लागेका छन्। सभामुख गौतमले प्रदेश प्रमुख खापुङसमक्ष राजीनामा बुझाउन लागेको नेकपा माओवादी कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले पुष्टि गरे।

प्रकाशित: Aug 01, 2023| 11:12 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्