शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अश्लील गतिविधि गर्ने डमरुलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन

अश्लील गतिविधि गर्ने डमरुलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन

 |  सोमबार, साउन १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

vianetvianet

काठमाडौं- अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिइएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको बताइएको छ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए। दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए।

प्रकाशित: Jul 31, 2023| 19:10 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्