आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार र प्रतिपक्षीको द्वन्द्वका कारण संसद् बन्दी भयो : प्रमुख सचेतक परियार

सरकार र प्रतिपक्षीको द्वन्द्वका कारण संसद् बन्दी भयो : प्रमुख सचेतक परियार

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको बताएका छन्।

National life

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने र प्रमुख प्रतिपक्ष उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने हुनाले संसद् बन्दी भएको बताए। उनले सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरू परिरहेको बताए।

प्रमुख सचेतक परियारले सरकार र प्रतिपक्षको द्वन्द्वका कारण संसद् बन्दी भएको बताए।

उनले भने, 'सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद् चल्न नदिनेमा अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन। सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ। हामीले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् सरकारले भन्ने हो। सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद् बन्दी भएको छ।'

प्रकाशित: Jul 31, 2023| 19:40 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्