आइतबार, वैशाख २७, २०८३

राजनीतिलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित बनाउन नहुने बताएका छन्।

National life

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दूषित बनाउन नहुने बताएका हुन्।

राजनीतिमा लागेका केही व्यक्ति खराब हुनसक्ने भएपनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले बताए। ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रूत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे। उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गरे।

उनले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागिता पुराउन अझै बाँकी रहेको बताए।

प्रकाशित: Jul 31, 2023| 18:44 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्