शुक्रबार, साउन २३, २०८२

राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : देउवा

 |  सोमबार, साउन १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका छन्।

कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका हुन्।

उनले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राखे। सबैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रूप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
 

प्रकाशित: Jul 31, 2023| 18:29 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्