शुक्रबार, जेठ २९, २०८३

व्यावसायिक भवनमा पार्किङ शुल्क मागे फोन गर्न बालेनको अपिल 

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- काठमाडौं महानगरापलिकाका मेयर बालेन शाहले व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल गुनासो गर्नका लागि सम्पर्क अधिकारी तोकेका छन्।

National life

यदि व्यावसायिक भवनहरूले कुनै शुल्क लिए महानगरका नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई सम्पर्क गर्न सकिने महानगरले जनाएको छ। 

जसका लागि ९८५१०-५१६१० मा फोन गर्न सकिन्छ। महानगर प्रहरी बलका प्रमुख उपरीक्षक राजुनाथ पाण्डेले आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको बताए। 

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित समेत गरिसकेको छ। व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन्।

Shivam cement

यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको बताएको छ।

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका-भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ।

सेवाग्राहीवाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिने पनि उल्लेख छ। 

प्रकाशित: Jul 31, 2023| 18:10 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्