आइतबार, वैशाख २७, २०८३

मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, जनमत र कांग्रेसलाई भाग

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- मधेश प्रदेशमा पाँचौं पटक पन्त्रिपरिषद् विस्तार भएको छ। जनमत पार्टीका विना विभागीय रहेका दुई मन्त्रीले राजीनामा दिएपछि जनमत पार्टीबाट एक जना र नेपाली कांग्रेसबाट एक जनालाई मन्त्री बनाइएको हो।

National life

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिन र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले सम्हाल्ने भएका छन्। दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टी विनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएका थिए। उनीहरूले राजीनामा दिएपछि अब पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री बनाइएको हो। 

गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले जनमतले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेर नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेलाई मन्त्री बनाएका थिए।

प्रकाशित: Jul 31, 2023| 17:51 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्