शुक्रबार, साउन १५, २०८३

चलिरहेको रेलमा गोली चल्दा ४ जनाको मृत्यु

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

मुम्बई- भारतको जयपुरबाट मुम्बईतर्फ गुडिरहेको रेलमा रेलवे सुरक्षा बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। पश्‍चिम रेलवेका अनुसार सोमबार बिहान चलिरहेको रेलमा जवान सीटी चेतनले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो।

जयपुर-मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेन महाराष्ट्रको पाल्घार स्टेशन कटेपछि रेलवे सुरक्षा बलले चलाएको गोली लागेर एएसआईको पनि मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

पश्‍चिम रेलवेका अनुसार गोली चलाउने प्रहरी जवानलाई हतियारसहित नियन्त्रणमा लिइएको छ। रेलवे सुरक्षा बलले एक विज्ञप्ति जारी गर्दै प्रहरी जवान सीटी चेतनले नै गोली चलाएको पुष्टि गरेका हुन्। जसमा तीन सर्वसाधारण यात्रु र एक सुरक्षा बलकै अधिकारीको मृत्यु भएकव जनाइएको छ। उनले किन गोली चलाए भन्‍ने कुरा भने खुलेको छैन।

प्रकाशित: Jul 31, 2023| 17:33 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्