हत्केलाका रेखालाई भाग्य र भविष्य बताउने रेखा पनि भनिन्छ। हत्केलामा हुने रेखाले तपाईंको भाग्य र भविष्य कस्तो हुने भन्ने बताउने हस्तरेखा शास्त्रको भनाइ छ। हत्केलामा हुने बाँङ्गाटिङ्गा रेखाबीच कसैकसैको हातमा एउटा थप रेखा हुन्छ। भनिन्छ- यो रेखा जसको हातमा हुन्छ उनीहरु सरकारी नोकरी प्राप्त गर्छन्।
हस्त रेखा शास्त्रका अनुसार हत्केलामा भाग्य रेखा नै नभए पनि यो रेखा हुनेहरु धनी हुन्छन्। हत्केलामा गुरु, शुक्र, बुध र चन्द्र पर्वत उठेका छन् भने तपाईंको हातमा सरकारी नोकरी प्राप्त गर्ने योग बनेको मानिन्छ।
यस्तो भएमा यस्ता ब्यक्तिले भाग्य र मेहनत दुवैले धन, घर र वाहन सुख प्राप्त गर्छन्। हत्केलामा कतै कछुवाको चिन्ह छ भने चाहिँ यस्ता ब्यक्ति अचानक सरकारी नोकरी योग हुन्छ। यस्ता ब्यक्तिलाई अनुमान नै नगरिएको ठाउँबाट नोकरी प्राप्त हुन्छ।
हत्केलामा स्वस्तिक चिन्ह छ भने यस्ता ब्यक्ति भाग्यशाली हुन्छन्। समुन्द्र शास्त्रका अनुसार यस्ता ब्यक्ति जीवनमा सफल हुन्छन्। हत्केलामा बुध पर्वत र मस्तिष्क रेखामा सेतो कोठी छ भने र भाग्यरेखा स्पष्ट, सीधा या पूरा छ भने पनि सरकारी नोकरी प्राप्त योग बन्न सक्छ।
हस्तरेखामा महत्वका साथ हेरिने अर्को चक्र पनि हो। जुन मानिसको हातका दशवटै औंलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चीज आफ्नो बनाउन सक्छन्। त्यसैगरी एउटा मात्र औंलामा चक्र हुनेहरु विद्वान तथा दुई चक्र हुनेहरु सुन्दर हुने मान्यता छ। यसैगरी हातका तीन औंलामा चक्र हुने मानिसहरु निकै सुखी हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन्।
हातको अनामिका औंलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ। सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगति गर्न सक्छन्। त्यसका साथै हातको सोही स्थानमा त्रिभूज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा विदेशमा रहने हस्तरेखा विज्ञानको मान्यता रहेको छ।