बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • देशरभर हालसम्म ७७ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

देशरभर हालसम्म ७७ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

गत वर्ष १२ साउनसम्म ९० प्रतिशत धान रोपाइँ भएकामा सोही अवधिमा यो वर्ष ७७ प्रतिशतसम्म धान रोपाइँ भएको कृषि सूचना केन्द्रको विवरण।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– साउन १४ सम्म देशभर ७७ प्रतिशत रोपाइँ भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले तथ्यांक सार्वजनिक गरेको छ। गत वर्ष १२ साउनसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

triton college

देशभर १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। यसमध्ये हालसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ।

यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। सो प्रदेशमा गत वर्ष यही समय ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो। कोशीमा २ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ३१ हजार ११२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ।

मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ। गत वर्ष यही समय सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो। मधेस प्रदेशमा ३ लाख ५४ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। हालसम्म सो प्रदेशमा २ लाख ९ हजार ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ।

बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ। गत वर्ष १२ साउनसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो। यो प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। यसमध्ये हालसम्म ८१ हजार ४२० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ।

corrent noodles
Metro Mart

गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष १२ साउनसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो। गण्डकी प्रदेशमा १ लाख ४ हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। यसमध्ये हालसम्म ८५ हजार ७९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ।

लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो। लुम्बिनीमा ३ लाख ३९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। यसमध्ये हालसम्म २ लाख ४३ हजार ३१८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ।

कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताए। गत वर्ष यही समय सो प्रदेशमा ७८ प्रतिशत मात्र रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। सो प्रदेशमा हालसम्म ३२ हजार ९१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समय ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो। सुदूरपश्चिम प्रदेशमा १ लाख ७१ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ। सो प्रदेशमा हालसम्म १ लाख ६९ हजार ७६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।

प्रकाशित: Jul 31, 2023| 16:42 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्