बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • देशैभरका विद्युत् प्राधिकरण कार्यालयले रोपे एक लाख बिरुवा

देशैभरका विद्युत् प्राधिकरण कार्यालयले रोपे एक लाख बिरुवा

प्राधिकरणका प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, ग्रिड, सबस्टेसन, विद्युत् उत्पादनगृहलगायतमा कार्यरत कर्मचारीले आ–आफ्ना कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन्।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– विद्युत् प्राधिकरणले ३८औं वार्षिकोत्सव अवसरमा देशैभरका कार्यालयले वृक्षारोपण गरेको जनाएको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आ–आफ्ना कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन्।

triton college

कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन्। जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण गर्दा रुख काट्ने मात्र हैन, रुख–बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले अबदेखि हरेक वर्ष १५ साउनमा देशभरका कार्यालयमार्फत वृक्षारोपण गर्नेछ। 

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष शक्तिबहादुर बस्नेतले  केन्द्र परिसरमा नासपातीको बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुआत गरेका थिए। 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समिति सदस्य दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीबाट विभिन्न प्रजातिका ३ सय बढी बिरुवा रोपिएको छ। नसपातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन्। 

corrent noodles
Metro Mart

कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्त्वपूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए। वातावरण संरक्षण र विकासलाई एकअर्का विरोधीको रुपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एकआपसका विरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताए।

सचिव घिमिरेले वृक्षारोपण गरिएका बिरुवालाई त्यत्तिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे। कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने जानकारी दिए।

प्रकाशित: Jul 31, 2023| 14:29 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्