शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एरिजोनामा ४३.३ डिग्री पुग्‍यो तापक्रम, क्यालिफोर्नियामा बढ्दै डढेलो 

एरिजोनामा ४३.३ डिग्री पुग्‍यो तापक्रम, क्यालिफोर्नियामा बढ्दै डढेलो 

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

फोनिक्स (एपी) - संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य एरिजोनाको फिनिक्समा जुलाईको अन्तिम दिन तापक्रम बढेर ४३.३ डिग्री सेल्सियस पुगेको छ। राष्ट्रिय मौसम सेवाका अनुसार यहाँ जुलाईमा विगतभन्दा तापक्रम बढेको हो। यसअघि फिनिक्समा ४३.८ डिग्री सेल्सियस मापन गरिएको पनि उल्लेख गरिएको छ। 

विश्‍व मौसम संगठन तथा युरोपियन युनियन कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले जुलाईमा तापक्रम वृद्धिले विगतका रेकर्ड तोडेको जनाएका छन्। 

यससँगै क्यालिफोर्नियाको मोजाभ राष्ट्रिय संरक्षण वनमा सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको र तीव्र वेगमा हावा चलिरहेका कारण डढेलो बढ्दै गएको जनाइएको छ। सुख्खा मौसम र वनमा लागेको डढेलो बढ्दै जाँदा तापक्रम थप बढ्ने बताइएको छ। 

जलवायु परिवर्तनले तालो लहरहरू ल्याउँदा अमेरिकामा तापक्रमले दर्जनौं मानिसहरूको ज्यान लिएको छ र गरिब अमेरिकीहरू यसबाट सबैभन्दा बढी पीडित छन्। वातानुकूलित, कुनै समय विलासिता थियो भने अहिले बाँच्‍नका लागि अनिवार्यजस्तै भएको छ। 

गत वर्ष, अत्यधिक गर्मीका कारण ८६ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: Jul 31, 2023| 14:26 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्