आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाकै कारण भ्रष्टाचारका फाइल खोल्न सरकार बाध्य : रवि लामिछाने

रास्वपाकै कारण भ्रष्टाचारका फाइल खोल्न सरकार बाध्य : रवि लामिछाने

भ्रष्टाचारी खोज्ने रास्वपाकै अडानका कारण सरकारलाई फाइल फुकाउन सहज भएको लामिछानेको दाबी।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले संसद् बाहिर र भित्र भ्रष्टाचारबारे बुलन्द आवाज उठाएकै कारण सरकार अनियमितताका फाइल खोल्न बाध्य भएको दाबी गरेका छन्।

National life

आज काठमाडौंमा रास्वपा सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारी खोज्ने रास्वपाकै अडानका कारण सरकारलाई फाइल फुकाउन सहज भएको बताएका हुन्। 

उनले भने, ‘संसद्मा रास्वपाको उपस्थिति र भ्रष्टाचारविरुद्धको आवाजकै कारण ठूला दल र सरकारले काम गरेजस्तो देखिएको छ। शंका नहटे पनि भ्रष्टाचारविरुद्ध रास्वपाले घन्टी बजाएपछि सरकारले फाइल खोलेको हो। अहिले भ्रष्टाचारका फाइल नखोले २०८४ मा एकल सरकार बनाएर सफाइ अभियान थाल्ने हो।’ 

सरकार चलाउँदा सुशासन अपरिहार्य भएकाले अहिलेको सरकारले देख्नकै लागि भए पनि केही संकेत देखाएको उनले सुनाए। रास्वपाले उठाएका मुद्दामा सरकारले साथ दिए भ्रष्टाचारीमाथि जित हासिल हुने उनको दाबी छ।

प्रकाशित: Jul 31, 2023| 14:15 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्