शुक्रबार, साउन १, २०८३

सदन चल्न नदिने एमाले अडान कायमै, बस्न सकेन बैठक

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलबाट ठोस निष्कर्ष ननिस्केको भन्दै एमालेले संसद् चल्न नदिने अडान राखेको हो।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको थियो। सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहने एमाले  नेताहरुले बताएका छन्। सुन तस्करी प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको एमालेको आरोप छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक २ बज्दा पनि बस्न सकेको छैन।

प्रकाशित: Jul 31, 2023| 13:58 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्