आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उम्मेदवारलाई जरिवाना तिराउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

उम्मेदवारलाई जरिवाना तिराउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

National life

काठमाडौं- चुनावको खर्च विवरण सार्वजनिक नगरेको कसुरमा उम्मेदवारहरुलाई जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मोरङ-२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार विनोद भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका हुन्।

आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै उनले सर्वोच्च गुहारेका हुन्।

रिटमा उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय र त्यस अनुसार भएको पत्राचार बदर गर्न परमादेश माग गरिएको छ। यो रिटमा मंगलबार सुनुवाइ हुने भएको छ। यसअघि यही जरिवानाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदले उच्च अदालत पाटनमा रिट दिएका थिए।

प्रकाशित: Jul 31, 2023| 13:48 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्