आइतबार, वैशाख २७, २०८३

जनमतबाट मधेस प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको राजीनामा

मधेस प्रदेश सरकारमा सामेल बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

National life

काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेस प्रदेश सरकारबाट सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्। जसपा नेतृत्वको प्रदेश सरकारमा जनमतले एक मन्त्री र एक राज्यमन्त्री फिर्ता बोलाएको हो। 

फिर्ता बोलाएपछि मधेस प्रदेश सरकारमा सामेल बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवले कुशवाहले सम्हाल्दै आएको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ९ जेठमा खोसेर नेकपा एसका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए।

फिर्ता बोलाइएका दुई मन्त्रीको स्थानमा चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाइने जनमतका नेता बीपी साहले बताए। सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मा दिइने बताइएको छ। उनले भने, ‘आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ। जनमतका दुई सांसदलाई प्रदेश सरकारमा पठाउन लागेका छौं।’

प्रकाशित: Jul 31, 2023| 13:04 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्