शुक्रबार, साउन १५, २०८३

राप्रपा मुख्यालयमा चल्दै महानगरको डोजर

कुनै पनि हालतमा कार्यालय भत्काइन नदिने राप्रपाको अड्डी, भत्काइछाड्ने महानगरको अडान।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– काठमाडौं महानगरले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित मुख्यालयमा डोजर चलाउने तयारी गरेसँगै कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध पुर्‍याएका छन्।

महानगरले बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको सूचनासहित आजसम्म हटाइसक्न गत शुक्रबार राप्रपालाई समय दिएको थियो। महानगरले दिएको समयमा राप्रपाले कार्यालय नभत्काएपछि भत्काउने तयारी गरेको हो।

महानगरले कार्यालय भत्काउने तयारी थालेसँगै केन्द्रीय कार्यालय पुगेका राप्रपाका राप्रपाका नेता, कार्यकर्ताले सडकमै गाडी तेर्स्याएर अवरोध गरेका छन्। कुनै पनि हालतमा कार्यालय भत्काइन नदिने राप्रपाले बताएको छ भने महानगरले भत्काइछाड्ने अड्डी लिएको छ।

प्रकाशित: Jul 31, 2023| 12:32 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्