मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक वर्षमा ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्बको लगानी प्रस्ताव

एक वर्षमा ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्बको लगानी प्रस्ताव

गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त संख्याका उद्योग विभागमा दर्ता भएका हुन्।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– गत आर्थिक वर्ष २०७९/८० मा ३२२ वटा स्वदेशी/विदेश उद्योग दर्ता भएको उद्योग विभागले विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त संख्याका उद्योग विभागमा दर्ता भएका हुन्।

National life

विभागका अनुसार दर्ता भएका उद्योगमा २ खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ। दर्ता भएका उद्योग सञ्चालन भए २३ हजार ३२४ जनाले रोजगारी पाउनेछन्। 
सोही अवधिमा ३२७ वटा विदेशी लगानी स्वीकृत भएको विभागले जनाएको छ।

स्वीकृत भएका विदेशी लगानीका उद्योगमा ३३ अर्ब १४ करोड लगानी प्रस्ताव भएको छ।  विदेशी लगानीका यी उद्योग स्थापना भए १७ हजार बढीले रोजगारी पाउने विभागले बताएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष कुल ५ वटा प्याटेन्ट दर्ता भएका छन् भने १८ वटा डिजाइन दर्ता भएका छन्। गत वर्ष ट्रेडमार्क दर्ता संख्या ३ हजार २५४ छ। ट्रेडमार्क चोरी तथा नक्कल गरेका मुद्दासँग सम्बन्धित १५० वटा कम्पनीलाई कारबाही गरिएको विभागको विवरणमा उल्लेख छ।

प्रकाशित: Jul 31, 2023| 12:17 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्