आइतबार, वैशाख २७, २०८३

केन्द्रीय समिति बैठक लाइभ गर्दै माओवादी केन्द्र

माओवादी केन्द्रको बालुवाटारमा बसेको पदाधिकारी बैठकले आगामी मंगलबारदेखि सुरु हुने तीनदिने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं– गत २–१० साउनसम्म सानेपा मुख्यालयमा सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएकामा सरकारको नेतृत्वमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रले सोही कुरा पछ्याउने भएको छ।

National life

आज आगामी मंगलबार १७ साउनदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बालुवाटारमा बसेको माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक बसेको हो। पदाधिकारी बैठकले आगामी मंगलबारदेखि सुरु हुने तीनदिने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

उनले भने, ‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं। त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन, पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुने ठानेका छौं।’ माओवादी केन्द्रले १७ साउनदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो।

बालुवाटार पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन र फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय भएको पार्टी सचिव पौडेलले बताए। 

नागरिकलाई असल शासन दिन प्रतिस्पर्धा हुनुपर्ने राजनीतिक दलबीच अब केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयमा एकापसमा तँछाडमछाड हुने देखिएको छ। यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।

कांग्रेस केन्द्रीय समिति बैठक २ देखि १० साउन  (दुई दिन रोकिएर)सम्म चलेको थियो। कांग्रेसको आधिकारिक फेसबुकबाट केन्द्रीय समिति बैठक सुरुदेखि निर्णय गर्ने बेलासम्म लाइभ गरिएको थियो।
 

प्रकाशित: Jul 31, 2023| 12:07 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्