शुक्रबार, साउन २३, २०८२

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  सोमबार, साउन १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

vianetvianet

काठमाडौं- संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा  बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्। 

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन्।

Metro Mart

प्रकाशित: Jul 31, 2023| 09:32 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्