शुक्रबार, जेठ २९, २०८३

हराउँदै गयो पोषिलो खीरको मौलिक स्वाद

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

गलेश्वर- गाईभैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराएको छ। विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्नेरूपमा मात्र बाँकी छ।

National life

अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर  खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको बुझाइ छ। भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानीले बताए।। ‘गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिटी लगाएर बनाइएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु’, ६० वर्षीय सिउथानीले भने, ‘हिजोआजका केटाकेटीलाई खीर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै छैन।’

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्त्व प्राप्त हुने आयुर्वेदमा उल्लेख छ। त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खीर खानाले शरीर स्वास्थ हुने भएकाले साउन १५ लाई खीर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

बर्सेनि आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुन्छ। कडेँल डेरीकी सञ्चालिका राधिका कँडेलका अनुसार साउन १५ मा खीर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ७० लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन ।

सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ। दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ। कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ।

Shivam cement

प्रकाशित: Jul 31, 2023| 08:33 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्