आइतबार, वैशाख २७, २०८३

समाजवादी मोर्चामा आवद्ध हुन माधव नेपालको आह्वान

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन अपिल गरेका छन्।

National life

समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरेका हुन्। 

‘हामी सबैलाई यो मोर्चामा आउनका लागि आह्वान गर्दछौँ। आउनुहोस् बसौँ। नेपाल राष्ट्रका हीतका लागि, नेपाली जनताका हितका लागि, कस्तो–कस्तो नीति अवलम्बन गर्नुपर्छ?,’ उनले भने, ‘त्यसको निम्ति हामी मिलेर अगाडी बढौँ। देशलाई राम्रो बनाउनका लागि, यो देशमा साँच्चै नेपाली जनताले चाहाना गरे बमोजिम परिपाटी बसिरहेको छ भन्ने कुरालाई देखाउनका लागि पनि, स्थापित गर्नका लागि पनि हाम्रो बीचमा एकताको आवश्यकता छ।’

उनले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलबीचमा एकताको आवश्यकता रहेको बताए।

‘अनुचित कुराको हामीले विरोध गर्ने हो। चाहे त्यो भ्रष्टाचार होस्। चाहे त्यो अत्याचार होस्। शोषण होस्। उत्पीडन होस्। असमानता होस्। भेदभाव होस्। अन्याय, अत्याचार होस्। यी सबैका विरुद्धमा हामीले एकतावद्ध भएर जुट्नुपर्दछ। यस अर्थमा समाजवाद भनेको समानताको नाम हो।’ 

उनले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताए।

प्रकाशित: Jul 30, 2023| 19:17 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्