शुक्रबार, साउन १५, २०८३

पहिरो खस्दा भिरमा घाँस काट्न गएका दुई जनाको मृत्यु

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

रुकुम- रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। 

पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिनुभयो। उनीहरुको घटनास्थलमै मृत्य भएको हो। 

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका हुन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए। घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ। तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 30, 2023| 18:49 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्