शुक्रबार, साउन १, २०८३

१५ सय ९५ दरबन्दी स्वीकृत गर्ने बागमती प्रदेश सरकारको निर्णय

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो। 

बैठकले दुई कर्मचारीलाई ११औं तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ। स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औं तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए। 

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Jul 30, 2023| 18:24 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्