आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्‍ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

National life

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। 

मंगलबार अपराह्न ४ बजे बस्‍ने गरी बोलाइएको बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको बताइएको छ। 

यसअघि शीर्ष  तीन नेताबीच भएको भेटका क्रममा संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका थिए। 

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा  जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहेका छन्। 

कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान भए पनि ढिलो गरी संवैधानिक परिषद् बैठक बोलाइएको हो। 

प्रकाशित: Jul 30, 2023| 17:18 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्