शुक्रबार, जेठ २९, २०८३

मोबाइलमा सुसाइड नोट लेखेर झुन्डिएका थिए सारुक

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका युवा कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा मोबाइल जाँच गर्दा नोट फेला परेको हो।

National life

सारुकले मृत्यु हुनुअघि लेखेको विवरणअनुसार उनले कसैलाई विवादमा नपार्न भनेका छन्। नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन्।

प्रहरीका अनुसार उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन्। विवरणमा कसैलाई आक्षेप नलगाइएको प्रहरीले बताएको छ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। लगत्तै उनको मोबाइल जाँचका लागि पठाइएकोमा भर्खर रिपोर्ट आएको हो। घटनास्थलमा भने केही फेला परेको थिएन। घटनास्थलमा पुगेका प्रहरीका अनुसार उनको मोबाइलमा गीत बजिरहेको थियो र मोबाइल फ्लाइट मोडमा थियो।

सुसाइड नोटमा कसैलाई कुनै आरोप लगाएको फेला नपरेपछि प्रहरीले यो घटनाको अनुसन्धान अन्त्य गर्ने भएको छ। घटनालाई आत्महत्या मानेर सुसाइड नोट समावेश गरी अनुसन्धान प्रतिवेदन पेश गरिने अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

Shivam cement

प्रकाशित: Jul 30, 2023| 14:18 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्