शुक्रबार, साउन १५, २०८३

नापी अधिकृत पुरीविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ।

आयोगले पुरीमाथि परेको उजुरी छानबिन गर्दा उनीसँग रहेको २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्तिमध्ये १ करोड २० लाखमात्रै वैधानिक स्रोत देखिएको जनाएको छ। आयोगले पुरीको असार मसान्तसम्म पारिश्रमिक बचत, बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा रकमबाट प्राप्त आम्दानी वैधानिक रुपमा नखुलेकाले पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गर्दै गरेको पुष्टि हुन आएको देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पुरीको सम्पत्ति पत्नी सिर्जनाको नाममा देखिएकाले सम्पत्ति जफत गर्न उनलाई पनि प्रतिवादी बनाइएको छ।

प्रकाशित: Jul 30, 2023| 14:10 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्