काठमाडौं- राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित होटल भियनाबाट जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ। विभागले होटलबाट सिसिटिभी फुटेज र कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ।
यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।