आइतबार, वैशाख २७, २०८३

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक  यही साउन १५ गते बस्ने भएको छ। मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल  हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

National life

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन्। 

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ। बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ। 

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन्।
 

प्रकाशित: Jul 30, 2023| 11:13 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्