शुक्रबार, साउन २३, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

 |  आइतबार, साउन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।

यसअघि हिजो बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए।

केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो। सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ।

प्रकाशित: Jul 30, 2023| 08:00 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्