शुक्रबार, साउन २३, २०८२

२९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि ३५ वटा वस्तुको मात्रै गुणस्तर पारित भएको हो।
 |  शनिबार, साउन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

vianetvianet

काठमाडौं– नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए। 

गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौ’, उनले भने। परिषद्ले अघिल्लो आव २०७८/७९ मा १५ तथा आव २०७७/७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो।

विभागका अनुसार आव २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन्। साथै, १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ। 

विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा दुई सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिइन्। जसमा सात ८९ नमूना संकलन गरेर जाँच गरिएको उनको भनाइ छ। विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ ।

विभागले १ वर्षमा दुई हजार ४४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ। दुई हजार १ सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ।

Metro Mart

विभागले गत आवमा ४ सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ। यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका १३० उद्योगको निरीक्षण तथा ९ वटा इजाजतपत्र र प्रमाणपत्र खारेज गरेको छ। 

धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुलीका ११ पेट्रोलपम्प निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए। विभागले कारबाहीबापत गत आवमा ४ करोड ४२ लाख ९४ हजार २३२ राजस्व संकलन गरेको छ।

प्रकाशित: Jul 29, 2023| 17:06 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्