आइतबार, वैशाख २७, २०८३

बालुवाटारमा बस्दै माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताएका हुन्। 
 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

National life

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताएका हुन्।

आजको बैठकले १७ साउनमा बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बुझिएको छ। यसअघि बिहीबार पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो। त्यतिबेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा रहे पनि अहिले देश फर्किइसकेका छन्।

बिहीबारको पदाधिकारी बैठकमा तय भएका एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायले जानकारी दिए। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी १७ साउनदेखि तीन दिनसम्म प्रज्ञामा बस्ने कार्यसूची छ।

प्रकाशित: Jul 29, 2023| 11:16 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्