आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भाजपा निम्तोमा दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोली स्वदेश फर्कियो

भाजपा निम्तोमा दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोली स्वदेश फर्कियो

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्य टोली ६ दिने भारत भ्रमण सकाएर गए राती स्वदेश फर्किएको हो।
 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

काठमाडौं– भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा भारत भ्रमणमा गएको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डले स्वदेश फर्किएको छ। भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा सत्तारुढ नेकपा माओवादी केन्द्रको टोली भारत गएको थियो।

National life

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्य टोली ६ दिने भारत भ्रमण सकाएर गए राती स्वदेश फर्किएको हो। भाजपाको निमन्त्रणामा ७ साउनमा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो।

भारतमा रहँदा उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकी थिइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी भएको उपाध्यक्ष भुसालले प्रतिक्रिया दिइन्।  

प्रकाशित: Jul 29, 2023| 10:41 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्