आइतबार, वैशाख २७, २०८३

ओलीले दरबार हत्याकाण्ड र प्रचण्डबारे गरे यस्तो टिप्पणी 

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्ड र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे टिप्पणी गरेका छन्। उनले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिर आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको टिप्पणी गरेका हुन्।

National life

पार्टीको जनवर्गीय संगठनको कार्यक्रममा शुक्रबार अध्यक्ष ओलीले विना प्रसंग दरबार हत्याकाण्डको चर्चा गरेका हुन्। उनले हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको संकेत गरे।

ओलीले भने, ‘राज्यका लागि प्रतिक्रियावादीहरुले केसम्म गर्छन् भने…वंश विनाश गरिदिए वीरेन्द्रको। राजा जस्तोको वंश विनाश गरे। कति निर्मम हुँदोरहेछ सत्ताको लडाइँ…. आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैंले हत्या गरेर ….. दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा। जो मारिएको छ उसकै टाउकोमा …. सप्पैलाई मार्यो, यताबाट लगेर गोली हान्यो रे क्या …. चलायो दाहिने हातले, तर यतापट्टि लगेर (हातले देखाउँदै) बडो अप्ठेरोसँग हानेछ। यस्ता आरोप लगाउँछन् राजनीतिमा।’

त्यसैगरी अध्यक्ष ओलीले माओवादीसँग नेकपा एमालेको एकता पानी र तेलको जस्तो बनेको टिप्पणी गरे। नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको उनको आरोप छ। ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन। तेल एकातिर पानी अर्कोतिर भयो। मिक्स अप नै हुन सकेन हुनै दिइएन। प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे। आफ्नो पार्टी जीवितै राखिरहे।’

प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीले आरोप लगाए। उनले भने, ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन्। एमालेको रकम लिए। एमालेको रकममा चले। एमालेको रकम खाए, पिए सबै गरे। तर, एमालेमा एक पैसा दाखिल गरेनन्। हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन्। बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्। सबै आफैंसँग राखे।'

प्रकाशित: Jul 28, 2023| 18:45 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्