मंगलबार, मंसिर २३, २०८२

घर किनबेच गर्नुअघि वास्तु हेर्ने गरौं

 |  शुक्रबार, साउन १२, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, साउन १२, २०८०

आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुपर्यो भने वास्तुशास्त्र अनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै आएको छ। घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई कसरी राम्रो र बलियो बनाउने भन्ने कुरामा मात्र ध्यान दिन्छन् भने वास्तुशास्त्रीले सो घरमा बस्ने मानिसलाई स्वस्थताका साथै आर्थिक, सामाजिक, मानसिक रूपमा कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन्।

National life

सुत्ने कोठा
बालबालिका वा बुद्धि विकास भइरहेका व्यक्तिका लागि पूर्वतिरको कोठा एकदमै शुभ हुन्छ। श्रीमान्–श्रीमती र घरमूली सुत्ने कोठा जहिले पनि दक्षिण–पश्चिमको दिशामा हुनुपर्छ।

पूजाकोठा
सकारात्मक ऊर्जाका लागि पूर्वदिशा उपयुक्त हो। यसकारण पूर्वको कोठा वा कुनामा पूजा कोठा बनाउन सकिन्छ।  

बैठक कोठा
बैठक कोठा सधैँ पूर्वोत्तर (पूर्व–उत्तर) दिशामा हुनुपर्छ। र, यो खुलेको हुन आवश्यक छ। घरायसी सरसल्लाहदेखि ठुल्ठूला निर्णयसम्म बैठक कोठामा बसेर गरिने भएकाले पूर्वोत्तरको दिशा बैठक कोठाका लागि उपयुक्त हुन्छ।

पानीको स्रोत
खानेपानीको धारा, ट्यांकी इनार आदिलाई पनि पूर्वोत्तर दिशामा राख्नुपर्छ।

Laxmi sunrise bank
kumari

शौचालय
पूर्व र उत्तर दिशातिरको कुनामा भुलेर पनि शौचालय बनाउनुहुँदैन। यी दिशामा शौचालय बनाउँदा सूर्यको प्रभावसँगै नकारात्मक तत्व घरमा प्रवेश गर्ने सम्भावना हुन्छ। जसले परिवारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत असर गर्छ। पूर्व र उत्तर दिशामा शौचालय भएमा त्यो घरका सदस्यको मृत्यु हुने मान्यता छ।

भान्साघर
पूर्व र दक्षिणको बीचको दिशालाई आग्नेय दिशा भनिन्छ। यो दिशामा भान्साघर बनाउन सकिन्छ। तर, चुलो दक्षिणतिर फर्केको हुनुहुँदैन। त्यस्तै, घरमूलीले कहिले पनि दक्षिणतिर फर्केर खाना खानुहुँदैन । यसबाहेक विद्युतीय वस्तु यस दिशामा राख्न उपयुक्त हुन्छ। संसारमा भएका पञ्चतत्व, पृथ्वी, जल, तेज, वायु र आकाशको प्रभाव यसरी सही तरिकाले पर्ने गरी बनाइएको घर नै वास्तुशास्त्रअनुसार उत्तम घर हो ।

प्रकाशित: Jul 28, 2023| 19:07 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्