आइतबार, वैशाख २७, २०८३

गणपूरक संख्या नपुगेर लेखा समितिको बैठक बस्न सकेन

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसकेर बस्न नसकेको हो।

National life

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जनामात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो।

बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो। तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो।

 

प्रकाशित: Jul 28, 2023| 13:14 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्